शुक्रबार, चैत १६, २०८०

अनशन तोड्न डा.केसीलाई शिक्षा मन्त्री पोखरेललको आग्रह

काठमाडौं। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा.गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्। मन्त्री पोखरेलले सोमबार शिक्षा मन्त्रालयका पत्रकार सम्मेलन गर्दै डा. केसीलाई अनशन तोड्न आग्रह गरेका हुन्। उनले डा. केसीले उठाएका कतिपय मागहरु पूरा हुने क्रममा रहेको भन्दै अनशन तोड्न आग्रह गरेका हुन्।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. केसी डडेल्धुरामा अनशनरत छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजाने आग्रह गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको छ। कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन्।