काठमाडौं । नेपालका १६ औं राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३५ औं जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।
पूर्व, भारतको सिक्खिम दार्जेलिङ नेपाल तथा विदेशका विभिन्न भू–भागमा विशेष पूजा आरधना गरी फाल्गुनन्द जयन्ति मनाइँदै छ।
पूर्वको लिम्वुवानी समाजकका सुधारक, मुन्धुमको संरक्षण कर्ता, ध्यानी योगी तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ।
अध्यात्मिक क्षेत्रको विकासमा अमूल्य योगदान गरेका फाल्गुनन्दले पूर्वीय समाजको सुधारका लागि सात बुँदे सत्य धर्म मुजुल्का समेत बनाएका थिए।
विंस १९४२ साल कातिक २५ गते जन्मिएका फाल्गुनन्दको जन्मजयन्ति किरात बाहेकका जातिहरुले पनि मनाउँदै छन्।
नेपाल सरकारले २०६६ साल मंसिर १६ गते उनलाई विभूति घोषणा गरेको थियो। लिम्बू समुदायको संस्कारको सुधारका लागि फाल्गुनन्दले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ।
२००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा फाल्गुनन्दको मृत्यु निधन भएको थियो ।

