सोमबार, बैशाख ०७, २०८३

फोरेक्स जापानको नगद दुई लाख बम्पर उपहार रोसिका कार्कीलाई

जापान फोरेक्स जापानको नगद २ लाख बम्पर उपहार नेपाली बिद्यार्थी रोसिका कार्कीले हात पारेकी छिन । फोरेक्स जापानले संचालन गरेको दशैं, छठ, तिहार, फोरेक्स बम्पर उपहार आईतबार पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको थियो ।

फोरेक्सको केन्द्रिय कार्यालय टोकियोमा आयोजित पत्रकार सम्मेलनमा लक्की ड्र मार्फत उपहार सार्वजनीक गरिएको हो । नेपालीका महान पर्वलाई लक्षित गर्दै संचालित ४२ दिने योजना अवधिमा १० हजार ३ सय ४१ जना ग्राहकले नेपाल पैसा पठाएका थिए । ती मध्ये कार्कीले लक्की ड्र मार्फत २ लाख नगद उपहार जितेकी हुन । फोरेक्स जापानले दैनिक उपहार, साप्ताहिक उपहार र बम्पर उपहार गरी ३ प्रकारका उपहार योजना ल्याएको थियो । दुखको कमाई ढुक्कले पठाउ भन्ने सामाजीक सेवा सहित काम गर्दै आएको फोरेक्सले खेलकुदको बिकासका लागी पनौती फुटबल क्लवसंग सम्झौता गरेको छ । जापानमा हुने फुटवल प्रतियोगितामा सहभागी हुदा आवश्यक भौतिक, आर्थिक र सामाजिक सबै खाले जिम्मा फोरेक्सले लिने गरी सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको छ ।

पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको प्रमुख आतिथ्यता, फोरेक्सका जनरल मयानेजर आकिरा योकोमिचुको अध्यक्षता पन्च चौधरीको स्वागत र बाबुराम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।