मङ्गलबार, असोज २०, २०८३

कुटनीतिक रुपमा सिमाका समस्या समाधान : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भू-भागको भएको भन्दै त्यो बिषय भारतलाई सम्झाएर फिर्ता लिने बताएका छन् ।

भारतलाई मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाउने र आफ्नो भू-भागफिर्ता लिने उनको भनाई छ । प्रधानमन्त्री ओलीले सिमा विवादको बिषयमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सिमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्ने बताए । ‘सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताका साथ कुटनीतिक रुपमा सिमाका समस्या समाधान गर्न अग्रसर रहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सिमाकाविवादका समस्या समाधानगर्न राष्ट्र नै एकजुट हुनुपर्दछ । प्रधानमन्त्री ओलीले अहिले भारतको व्यवाहारमा परिवर्तन आएको बताए । उनले भने, ‘भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सिमानामा बाटो र बाँधबन्थे आजखोल्ने क्रम छ । त्यसैले समस्या समाधानहुनेमा म आशावादी छु ।

प्रधानमन्त्री ओलीले यस्ता विवादहरुमा अझिल्ने समय नभएको पनि बताए । उनले भने, ‘हामी समग्र दक्षिण एशियामा समृद्धि, विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हुदैन । त्सैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरु सहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र होइन भारतका लागि पनि आवश्यक छ ।

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागु नहुने बताए ।