मङ्गलबार, असोज २०, २०८३

सर्वदलीय बैठक : कालपानी नेपालको हो भन्नेमा सबैको साझा मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् ।

भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेको छ । त्यसको नेपालमा चर्को विरोध भइरहेको छ । सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहभागी नेताहरुले कालपानी नेपालको हो भन्नेमा सबैको साझा मत रहेको बताएका छन् ।

सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् ।