शनिबार, बैशाख १२, २०८३

सीमा विवादका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं। नेपाली भूमि समेटेर भारतले नयाँ नक्सा सार्बजनिक गरेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको कार्यायका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादका विषयमा समान धारणा बनाउन सर्वपक्षीय बैठक आह्वान गरिएको हो । बैठक अपरान्ह ४ बजे बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त सर्बदलिय बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, संसदमा रहेका सबै दल र सीमा विद्हरु सहभागि हुनेछन् ।

भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समेटिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायतका दलहरुले यो विषयमा एकजुट बनाउन प्रधानमन्त्री ओलीले पहल गर्नुपर्ने बताउँदै आएका थिए ।

भारतले जारी गरेको विवादित नक्साको विरोधमा देशभर प्रदर्शन भइरहेका छन्। काठमाडौंस्थित भारतीय दूतावास अगाडि पनि दैनिकजसो विरोध प्रदर्शन भईरहेका छन् ।