सोमबार, असोज १९, २०८३

सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक

देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ ।

यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो ।

सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । राजधानी दैनिकमा खबर छ ।