Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

सीमा विवाद : गो ब्याक इण्डियाको नारा लगाउदै भारतीय दूतावास घेराउ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्वियूले भारतीय राजदुतावास घेराउ गरेको छ ।

शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियले गो व्याक इंनिडया नारा लगाउँदै दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र समावेश भएपछि नेपालमा भारतको चौतर्फी विरोध भइरहेको छ । चरणबद्ध आन्दोलन गरिरहेको अनेरास्वियूले भारतीय दुतावास घेराउ गर्दै तत्काल भारतको नक्सामा देखिएको नेपाली भूमिलाई आफ्नो नक्साबाटै हटाउन माग गरेको छ ।

घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू संयोजक ऐन महरले जनासंख्या र भूगोलले नेपाल सानो भए पनि स्वाभिमान, स्वाधिनताले सधैँ ठूलो रहेको बताए । भारतले हेपाहा प्रवृत्तिले विस्तारबादी नीति लिएर नेपाली भूमि अतिक्रमण गरिरहेको उनले आरोप लगाए । ‘पुर्खाको इतिहास सम्झे हुन्छ भारतले,’ उनले भने, ‘भारतको पनि सुरक्षा गर्न सक्ने नेपालीले देशको सीमा सुरक्षा गर्न सक्छ ।  देशको सीमा संरक्षण नेपालीहरुले वीर गोखालीको रुप धारण गर्नुपर्ने उनले बताए । भारतले नेपाललाई हेप्न खोजे भारतले ठूलो मूल्य चुकाउनु पर्ने महरले चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्वियूका सह संयोजक रञ्जित तामाङले नेपाल सकारकारलाई समेत कुटनीतिक माध्यमबाट समस्या सामाधान गर्न आग्रह गरे । तामाङले भने, ‘सरकारको आदेश पाए अध्ययनरत विद्यार्थीहरुले सीमा सुरक्षामा जान तयार तयार रहेको बताए ।

नेपाल सरकारले विवादित भूमिप्रति लिएको धारणमा अडिग रहेर बस्न आग्रह गर्दै तामाङले संयुक्त राष्ट्रसंघको कार्यालयमा पनि ज्ञापन पत्र लिएर जाने उद्घोष गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया