Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

जापानको सेन्दाइमा २६ वर्षीय नेपाली विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु

टोकियो । जापानको सेन्दाइमा एक २६ वर्षीय नेपाली विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएके छ ।

जापानको सेन्दाइस्थित जापानी भाषा स्कुलमा पढ़दै गरेका नेपन पोखराका २६ वर्षीय चिरञ्जीवि गिरीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

आज शुक्रवार विहान ४ २० बजे काम जादै गर्दा जेब्राक्रसमा ट्रकले साईकललाई ठक्कर दिएको थियो । टाउकोमा गम्भिर चोट लागेका उनको घटना स्थलमै मृत्यु भएको जनाएके छ । जापानी समाचारमा दुर्घटनाको बारेमा बताईए पनि मृत्यु हुने विदेशी भएके बताए पनि अरु भन्ने बारे केहि जानकारी गराईएको छैन । यद्यपी नेपाली समुदायका अगुवाहरुको जानकारी अनुसार उनी तोहोकु ईन्टरनेशनल स्कुलका विद्यार्थी हुन् ।

यो जापानको सड़क दुर्घटना केस भएको हुँदा जापान प्रहरीको अनुसंधान तथा घरपरिवारमा सल्लाह गरि विस्तृत जानकारी गराईने बताईएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया