शनिबार, बैशाख १२, २०८३

चार हजार रिंगेटमा नक्कली नेपाली पासपोर्ट!

काठमाडौं : विदेशमा नक्कली नेपाली पासपोर्ट एमआरपी बन्ने गरेको तथ्य फेला परेको छ।

मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली (एमआरपी)बारे राहदानी विभागले छानबिन गरेको छ । ‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो। तर राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्’, अध्यागमन विभागले भनेको छ। गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ। बुकका पृष्ठ उस्तै छन्। तर सिलाई नक्कली छ ।

रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन्। पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करीब १ लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन्। अन्न्पूर्णपोस्ट दैनिकमा खबर छ ।