शुक्रबार, बैशाख १४, २०८१

गैरआवासीय नेपाली संघको प्रवक्तामा डीबी क्ष्रेत्री मनोनित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय समिति (आइसीसी)को प्रवक्तामा डीबी क्ष्रेत्री मनोनित भएका छन ।

बुधवार बसेको संघको बैठकले क्ष्रेत्री लाई प्रवक्तामा मनोनित गरेको हो ।

सिन्धुलीका क्ष्रेत्री ओमानलाई कमभूमि बनाउदै आएका एनआरएनएका अभियंता हुन ।  एनआरएनएको नवौ सम्मेलनमा महासचिबका उम्मेद्वार क्ष्रेत्रीले कुमार पन्तको टीमलाई सहयोग गरेका थिए । पूर्व सहमतिअनुसार क्ष्रेत्रीलाई प्रवक्तामा मनोनित गरेको हो ।

मध्यपूर्वी क्षेत्रमा सक्रिय क्ष्रेत्री एनआरएनए आइसीसीको निवर्तमान सचिब समेत हुन ।