जापान। पुराना गायक एवं कलाकार रत्न बाँनिया यति वेला दुवै मृगौला फेल भएर अस्पतालको शैंयामा छन् । उपचार गराउदा -गराउदा उनको आर्थिक अवस्था नाजुक भैसकेको छ ।
कर्णप्रिय गीतहरु लडाईको लाहुरे, जिन्दगी के छ र ?, पानमा सुपारी, मुटु जलाई – जलाई जस्ता सयौ गीत गाएका अग्रज गायक/सर्जक रत्न बाँनियाको उपचारको लागि जापानमा रहेका नेपाली समुदाय वाट आर्थिक संकलनको अभियान चलाईएको छ। यस अभियानको संयोजन राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान साखाले गरेको छ। यस्तो आपत – विपत सवैलाई पर्न सक्ने भन्दै सवैमा यथासक्दो सहयोग गरिदिनु हुन राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान साखाका अध्यक्ष सुर्य खड्काले अनुरोध गरेका छन्।
आर्थिक सहयोग रकम (カトカ スリヤ バハトウル )नामको 10000-00054931 खातामा जम्मा गर्न सकिने वताईएको छ। जापानमा नेपालीहरु विच इन्टरनेट मार्फत सामाजिक संजालमा गायक/ सर्जक रत्न बाँनिया सहयोग अभियान नामको ग्रुप संचालन गरि आर्थिक सहयोग संकलन लाई तिव्रता दिईएको छ।

