टोकियो । नेपाल तामाङ समाज जापान केन्द्रीय समिति (एनपिओ होउजिन) को सातौं अधिवेशन यहि आउँदो डिसेम्बरको २९ तारिख आईतबारका दिन हुने बताइएको छ ।
समाजले संस्थाको अगामी नेतृत्व सर्बसम्मतिबाट चयन गर्न, सभाको तयारीको लागि श्री हवल चन्द्र लामाको संयोजकत्वमा कर्म वाङगेल लामा र कुमार लामा (वाइबा) सहितको ३ सदस्यीय निर्बाचन समितिको समेत गठन गरिएको छ । साथै नेपाल तामाङ समाज जापानको केन्द्रीय समितिको निर्वाचनमा सहभागिताका लागि साधारण सदस्यता लिएको हुनुपर्ने बताइएको छ ।
साथै आगामी २०२०/२०२२ कार्यकालको लागि हुने अधिवेशनका लागि डिसेम्बर २० तारिख सम्ममा क्षेत्रीय समितीहरुको अधिवेशन गराई प्रतिनिधीहरुको नाम केन्द्रमा पठाउन क्षेत्रीय समितीलाई पत्रचार गरिसकेको बताइएको छ । अधिवेशनमा सहभागी हुनका लागि समाजले नोभेम्बर १५ तारिखदेखि डिसेम्बर १५ तारिख बेलुकी रातको १२ बजे सम्ममा साधारण सदस्यता लिन अनुरोध समेत गरेको छ ।
नेपाल तामाङ समाज जापानको केन्द्रीय समितिको सातौँ अधिवेशनको साधारण सदस्यता तथा उम्मेद्वारी दर्ताका लागि निम्न नियम तथा कार्य तालिका तयार पारिएको छ ।
कार्यतालिका :-
१) साधारण सदस्य फारम भर्ने नोभेम्बर १५ तारिख देखि डिसेम्बर ९ तारिखसम्म।
२) त्यस्तै उम्मेदवारी दर्ता (अनलाइन मार्फत्) गर्ने नोभेम्बर १५ तारिख देखि डिसेम्बर १५ तारिख बेलुकी रातको १२ बजे सम्म।
३) उम्मेद्धारीको दाबी/ बिरोध, उम्मेद्वारी फिर्ता र सहमति लागि अन्तिम मिति डिसेम्बर २० तारिख रातको १२ बजे सम्मलाई तोकिएको छ ।
साथै सहमति हुन नसकेका पदहरुको निर्बाचन डिसेम्बर २९ तारिखमा हुनेछ कार्यतालिकामा उल्लेख गरिएको छ । अधिवेशनको बन्दसत्र कार्यक्रम डिसेम्बर २९ तारिख बिहान १० बजेदेखि दिउँसो २ बजे सम्मलाई तोकिएको छ भने अधिवेशनको लागि उम्मेद्धारी शुल्क निम्नअनुसार तोकिएको छ ।
अध्यक्ष- २०००० येन
उपाध्यक्ष- १५००० येन
महासचिव – १५००० येन
सचिब- १५००० येन
कोषाध्यक्ष- १५००० येन
सह-कोषाध्यक्ष-१५००० येन
सदस्य -१०,००० येन
समाजको निम्न खाता नं १०११०-७८७६३५११ मा उम्मेद्धारहरुले अनिबार्य फारममा उम्मेद्धार शुल्कको बिल पेश गर्नु पर्नेछ। र यस मार्फत उपलब्ध विवरणको आधारमा अधिवेशनका दिन सदस्यता शुल्क बुझाई भाग लिन सकिने व्यवस्था गरिएको समाजका महासचिव हिमाल लामा वाइबाले जानकारी दिनुभयो ।

