काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा गएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
अदालतको आदेशसँगै महरालाई आज नै डिल्लीबजार कारागार चलान गरिएको छ । अदालतको आदेशअनुसार यो मुद्धाको टुंगो नलागेसम्म महरा अब जेलमा रहेनछन् ।
यौन दुव्र्यवारको आरोप लागेका निवर्तमान सभामुख महरालाई प्रहरीले असोज १९ गते पक्रेको थियो । आइतबार र सोमबार दुईदिनसम्म बन्द इजलासमा थुनछेक बहस भएको थियो ।
पीडित भनिएकी रोशनी शाही सोमबारको बन्द इजलासमा उपस्थित भएकी थिइन् ।
महरामाथि संसद् सचिवालयकी कर्मचारी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो । शाहीले अदालतमा आफूलाई महराले दुर्व्यवहार नगरेको भन्दै यसअघि नै निवेदन दिएकी थिइन् ।

