शुक्रबार, चैत १६, २०८०

जापानको नारितामा नेपाल एयरलाईन्सले जनवरीवाट नियमित उडान भर्ने

शान्त पहरी,जापान । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलवाट उडान भर्ने तयारी तिव्र  भएको छ ।

गत भदौ १२ गतेदेखि अर्थात अगष्ट २९ तारिखदेखि काठमाडौं ओसाका सिधा उडान गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमतिको लागि प्रक्रिया तिव्र पारेको छ । निगमले नारिता अन्तर्राष्ट्रिय विमानस्थलवाट जनवरी ३ तारिख उडान भर्ने तयारी तिव्र रुपमा काम भैरहेको निगमका कंट्री मेनेजर सन्तोष पाण्डेले जानकारी दिनुभयो ।  निगमले अक्टोबर र नोभेम्वर ३ चार्टड उडानको अनुमति पाएको थियो । वाइडबडी ए–३३० जहाजमार्फत जापानको उडान गरिरहेको छ ।

निगमले नारितामा नियमित उडानका लागि सबै कागजी प्रक्रिया पूरा गरिसकेको छ । नारितामा सातामा दुई दिन र ओसाकामा एक दिन उडान भर्ने निगमको योजना छ । नारिता गन्तव्यमा धेरै नेपाली यात्रु पाउने निगमको विश्वास छ । हानेदा पछि जापानको राजधानी टोकियो प्रवेश गर्ने मुख्य हवाई प्रवेशद्वार नारिता मानिन्छ । ओसाकामा नारिताको तुलनामा कम नेपालीको बसोबास रहेको छ ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर,मुम्बई,मलेसिया,सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल चार जहाज भए पनि तत्काललै साउदी अरेविया र मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ ।