शनिबार, बैशाख १२, २०८३

उपनिर्वाचनः समाजवादीले टुंगो लगायो उम्मेद्वार

काठमाडौं। उपनिवार्नचनको मिति नजिकिएसँग दलहरुले धमाधम उम्मेद्वार चयन गरिरहेका छन्। सत्तारुढ दल नेकपाले कास्की–२ विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

यसैगरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आइतबार बस्ने पदाधिकारी बैठकले उम्मेद्वार चयन गर्दैछ। यसैगरी साझा पार्टीले रजनी केसीलाई कास्की–२ बाट उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ।

यसैबीच समाजवादी पार्टीले मंरिस १४ मा हुने उपनिर्वाचनमा कास्की–२ बाट उम्मेद्वार घोषणा गरेको छ। समाजवादी पार्टीले कास्की–२ बाट इन्जिनियर धर्मराज गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

यसैगरी समाजवादी पार्टीले प्रदेशसभा अन्तर्गत बाग्लुङ–२ (ख) मा अशोककुमार बिक र दाङ–३ (ख) बाट डिल्लीबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।