बिहिबार, बैशाख ०६, २०८१

काठमाडौं जिल्ला अदालतमा महरासँग थुनछेक बहस सुरु

काठमाडौं। यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ। काठमाडौं जिल्ला अदालतमा आइतबार विहान ११ बजेबाट उहाँको थुनछेक बहस सुरु भएको हो। गत शुक्रबार उनीलाई न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ।