शनिबार, बैशाख १२, २०८३

टोकियोमा नेपाल सम्वतको शुभकामनासहित सामूहिक म्ह: पुजा हुने

टोकियो । नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले नेपाल सम्वत ११४० को शुभकामना आदनप्रदान तथा म्ह: पूजा कार्यक्रम गर्ने भएको छ ।

म्ह: पुजा नोभेम्बर २ तारिख शनिबार दिउसो २ बजे बाट आयोजना गर्ने भएको हो । नेपालमा रहेको पुरानो आदिवासी जनजाति मध्येको नेवार जातिले त्यस मध्ये विभिन्न कला संस्कृतिले धनि नेवार समुदाय स्वन्ती (तिहार) अथवा म्ह: पुजा एक ठूलो पर्व हो । म्ह: पुजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने, आफु लगाएत सप(परिवार तथा आफन्तजनको पुजा गर्ने गरिन्छ ।

म्ह: पुजा देखि नेपाल संवत नयाँ वर्ष पनि यसै दिनबाट सुरू हुन्छ । सुख, स्वास्थ र शान्तिको कामना गरी एकआपसमा नयाँ वर्ष ११४० को शुभकामना आदन प्रदान पनि गरिने जनाएको छ । साथै नेवारी परिकार खाने, पिउने ,सांस्कृतिक कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइने यो चाड जापानमा पनि गर्न लागिएको छ ।

आयोजक नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले सबै जापानबासीहरुलाई सहभागिताको लागि अनुरोध पनि गरेको छ ।