शनिबार, बैशाख १२, २०८३

जापानको चिबा प्रान्तमा बाढी र पहिरोबाट चार जनाको मृत्यु

टोकियो । जापानको चिबा प्रान्तमा भारी वर्षा पछि आएको पहिरो र बाढीको कारण चार जनाको मृत्यु भएको थियो ।

शुक्रवार आएको भारी वर्षासंगै आएको बाढ़ीले ४ को मृत्यु हुनुको साथै एक जना बेपत्ता छन् । अन्यको खोजीकार्य जारी रहेको जापानटुडेले समाचारमा जनाएको छ ।

गत अक्टूबर महिना दोस्रो हप्ता आएको टाइफु हागीबिसले गरेको क्षतिबाट प्रभावित क्षेत्र अझै पनि प्रभावित रहेको स्थानीय अधिकारीले बताएका छन ।

जापान मौसम एजेन्सीका अनुसार इचिहरा शहरमा १२ घण्टाको अवधिमा २२८ मिलिमिटरभन्दा बढी वर्षा भएको  छ। चिली प्रान्त सरकारले हराएका व्यक्तिहरूको खोजी र उद्धार अभियानमा सेना पठाउन आग्रह गरेको छ ।

वर्षाले डुबान बनाएपछि स्थानीय सरकार केही नगरपालिकाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न आदेश जारी गरेको छ ।

इचिहाराको दुई नदीहरू तलाउ बनेर बाध फुटेपछि सो आसपासका क्षेत्रहरू डुबानमा परेको थियो । पुलिस र उद्धारकर्मीका अनुसार पहिरोले चिबा शहरको मिदोरी वार्ड र इचिहारामा चार वटा भवन भत्केको जनाएको छ । एक जलमग्न कारमा मृत भेटिएको थिए भने वर्षापछिको बाढ़ीपहिरोले धेरै मानिसहरू बाढीमा डुबेको हुनसक्ने जनाएको छ।

वर्षाको कारण सो क्षेत्रको रेल सेवा र नारिता विमानस्थलका केही उडानहरू प्रभावित भएको जनाएको छ ।

जापानमा गत अक्टूबर महिना १२ र १३ तारिख आएको टाइफु हागीबिसले ८६ जनाको ज्यान लिएको थियो ।