बुधबार, बैशाख १२, २०८१

नेसाजले दिपावलीमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

टोकियो । नेपाली बिधार्थी समाज जापान नेसाजले भ्रमण वर्ष २०२० सफल पार्न नेपाली मौलिक कला संस्कृति बारे बिदेशी नागरिकलाई जानकारी गराउने उद्धेश्यले दिपावलीमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

तिहारको अवसरमा नेसाजले अक्टुवर २९ मा जापानको कुमामोतो शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने ,क्यूसुमा नेसाज को क्षेत्रिय समिति समेत गठन गर्ने भएको छ ।

कार्यक्रमको लागी बिकास केसीको संयोजकत्व  नौ सदस्यीय ब्यावस्थापन समिति समेत गठन गरिएको महासचिब अजय रानाले जानकारी दिए ।

जसको सदस्यहरुमा सुदीप पाण्डे,सुनील ज्ञवाली,पवन अधिकारी,रितेश थापा,सुमन भट्ट,सन्तोषबाबू दानी,लाकपा डोन्ग रहेकाछन् ।

जापानमा अध्यनरत नेपाली बिधार्थीलाई परेको समस्या समाधान मा साथ दीदै बिधार्थी मा भएका रचनात्मक सिप तथा ज्ञान लाई उजागर गर्न का लागी शिक्षा मूलक बिभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको यस संस्थाले यही नोभेम्वर २ तारिखमा केन्द्रीय कमिटीको बैठक मार्फ़त वार्षिक कार्ययोजना तय गरीएको छ ।

जापानका बिभिन्न क्षेत्रमा कार्यक्रम आयोजानाका लागी थप प्रभावकारी पार्नका लागी बिभिन्न क्षेत्रीय समिति बिस्तार गर्ने अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिए ।