Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

जापानका सम्राट नारुहितो : भव्य समारोहका बीच राजगद्दी आरोहण

टोकियो । जापानका सम्राट ५९ वर्षीय नारुहितोले एक भव्य समारोहका बीच राजगद्दी आरोहण गरेका छन् ।

उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो में महिनामा जापानको सम्राट बनेका थिए । पूर्वसम्राट अकिहितो पनि आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए ।

विभिन्न परम्परागत विधि सम्पन्न भएपछि बल्ल उनले औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन् ।

सम्राट नारुहितोले एउटा लिखित मन्तव्य वाचन गरेर राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिन्छु, समाचारमा उल्लेख छ । सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन्।

प्रधानमन्त्री शिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै सम्बोधन गरेका थिए । त्यसपछि उनको नेतृत्वमा उपस्थित मानिसहरूले बान्जाई अर्थात् सम्राट चिरायु रहून् भन्दै नारा लगाएका थिए ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि जापानी सम्राटको राजगद्दी आरोहण समारोहमा सहभागी हुन जापान आउनु भएकी छन् ।  जापानमा आलङ्कारिक संवैधानिक राजतन्त्र छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया