शनिबार, बैशाख ०८, २०८१

उपराष्ट्रपतिले यसपटक जलपान कार्यक्रम नगर्ने

काठमाडौँ । तिहार, छठ पर्व र नेपाल सम्वत्का अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजनाा गर्दै आएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम यसपटक नहुने भएको छ।

उपराष्ट्रपतिको कार्यालय तथा निवास परिसरमा निर्माण कार्य भइरहेकाले यसपटकको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम नहुने उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले जानकारी दिए ।

उपराष्ट्रपति कार्यालयले तिहार, छठ एवं नेपाल सम्वत् ११४० का अवसरमा देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ र दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ। रासस