शनिबार, बैशाख १२, २०८३

र्‍यापर समिरको “सँघर्ष” सार्वजनिक (भिडीयोसहित )

निशान राना,नागोया । केही  बर्ष अघि देखी जापानलाई कर्मथलो बनाईरहेका कैलाली टिकापुरका  र्‍यापर समिर तिमीलशेनाले ”सँघर्ष “नामक  र्‍याप गीत  सार्वजनिक गरेका छन् ।बिदेशीयका युवाहरुले भोगेका दु:ख  र गरेका सँघर्षलाई उनेर तयार पारीएको उक्त र्‍याप भिडीयो न्याजी यूट्यूब च्यानलबाट यही अक्टुबर २० तारीखमा सार्वजनिक गरीएको हो ।

शब्द, स्वर र निर्देशन समिरकै रहेको “सँघर्ष”मा  एरेन्ज  भने संगीतकार अनुप कुवरको रहेको छ । आफ्नै रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई छाँयानकन अङ्दुइ ह्योल्मो र जिबन क्षेत्रीले  गरेका हुन।  जापानको सिजोओका लगाएतका स्थानमा छाँयानकन गरिएको  उक्त भिडियोमा सुमनराज काफ्ले ,साईमन बिश्वकर्मा ,सन्जु आले ,बिशाल क्षेत्री र नबराज थापाले अभिनय गरेका छन्  ।

आफ्नै दिदिको निदन भएपछी ”जिन्दगी ” नामक र्‍याप गीत रेकर्ड गरी म्युजिक क्षेत्रमा प्रबेश गरेका समिर आफु जहाँ रहेपनि  नेपाली संगीतलाई छोड्ननसकेको बताउँछन ।

जापानमा हुने बिभिन्न सांगितिक कार्यक्रमहरुमा आयोजकले प्रस्तुतीको लागि बोलाँउदा र दर्शकको माया पाउँदा आफु हर्षविभोर हुने गरेको ख़ुशी सुनाउछन् ।