टोकियो । नेपाली संघीय समाज जापान र अन्तराष्ट्रीय नेपाली समाजको औपचारिक एकता घोषणा कार्यक्रम बिवाद भएको छ ।
आज अक्टूबर २० तारीख टोक्यो रोधीमा एक पक्षले एकता घोषणा कार्यक्रम गरि नयाँ कमिटी घोषणा गरेको छ भने अर्को पक्षले उक्त नेपाली संघीय समाज मात्र भएके बताएको छ ।
नेपालमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीविच एकता भए अनुसार जापानमा सक्रिय रहेका रहेको प्रवास संगठनले एकता घोषणा कार्यक्रम आयोजना सहमतिमा गरेको भए पनी अन्तिम समयमा आएर नेतृत्व कस्ले गर्ने भन्ने बिवादले गर्दा एकता घोषणा कार्यक्रम नै विवाद भएको छ । नयाँ शक्ति नेपाल पार्टीका जापान संगठन अन्तराष्ट्रीय नेपाली समाजका अध्यक्ष पदमसिंह ठगुन्नाले तयारी नपुगेको भन्दै सो घोषणा कार्यक्रम स्थगित गरिएकोर उक्त कार्यक्रममा अन्तराष्ट्रीय नेपाली समाज सहभागि नभएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
नेपाली संघीय समाज जापानले भने पूर्व सहमति अनुसार नै एकता घोषणा कार्यक्रम गगेको बताएको छ ।
एकता घोषणा भनिएको कार्यक्रमवाट नयाँ शक्ति सम्वद्ध सररता ढकालको नेतृत्वमा १२१ सदस्यीय कमिटी घोषणा गरिएको थियो ।

