शनिबार, बैशाख १२, २०८३

राष्ट्रपति भण्डारी जापानमा,अक्टुवर २१ तारिख नेपाली समुदायसंग भेटघाट गर्ने

टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमण पूरा गरी जापान आईपुग्नु भएकी छन् ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आइतबार साँझ टोकियो आईपुग्नु भएको हो

राष्ट्रपति भण्डारीको जापान भ्रमणको क्रममा अक्टुबर २१ तारीख  गैरआवासीय नेपाली संघ जापान तथा गैरआवासीय नेपाली संघ आईसीसीका निवर्तमान अध्यक्ष भवन भट्टको संयुक्त आयोजनामा दिवा भोज तथा भेटघाट कार्यक्रम गरिएको छ ।

नेपाली राजदुतावास जापानले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रपति भण्डारी अक्टुवर २२ मा हुने  जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल अक्टुवर २३ मा स्वदेश फर्कने कार्यक्रम छ ।