बिहिबार, बैशाख ०६, २०८१

जापानमा नेपाली समाज एकता घोषणामैं सकस

टोकियो । नेपाली संघीय समाज जापान र अन्तराष्ट्रीय नेपाली समाजको औपचारिक एकता घोषणा कार्यक्रम बिवादमा परेको छ ।

अक्टूबर २० तारीख भोली टोक्यो रोधीमा हुने भनेको कार्यक्रम नेतृत्वको बिवादले गर्दा घोषणा हुन सकस भएको हो ।

नेपालमा २०७६ बैशाख २३ गते संघीय समाजवादी फोरम र नया शक्ति पार्टीविच एकता भए अनुसार जापानमा सक्रिय रहेका रहेको प्रवास संगठनले एकता घोषणा तथा दशै तिहार छठ पर्व र नेपाल सम्वतको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना सहमतिमा गरेको पनी अन्तिम समयमा आएर बिवाद भएको छ ।

तत्कालीन नया शक्ति नेपाल पार्टीका जापान संगठन अन्तराष्ट्रीय नेपाली समाजका अध्यक्ष पदम ठगुन्नाले तयारी नपुगेको भन्दै सो घोषणा कार्यक्रम स्थगित गरिएको जानकारी दिनु भएको छ ।

यता तत्कालीन नेपाली संघीय समाज जापानका उपाध्यक्ष संजिब राईले दुई संगठन बीच सहमतिमैं कार्यक्रम राखेको हुदाँ जापानवासी यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्नु भएको छ ।