शनिबार, बैशाख १२, २०८३

भारत, पाकिस्तान र बांगलादेशभन्दा पनि नेपालको अवस्था राम्रो

काठमाडौं। देशमा खाद्य, पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरेर विश्वभरका देशहरुको अवस्था विश्लेषण गर्दै प्रकाशित गरिने ग्लोवल हंगर इन्डेक्समा नेपाल यो वर्ष ७३ औं स्थानमा परेको छ।

ग्लोवल इन्डेक्स (जीएचआई)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११७ मुलुक सूचीकृत सो इन्डेक्समा नेपाल ७३ औं स्थानमा परेको हो।

दक्षिण एसियामा नेपालको अवस्था तुलनात्मक रुपमा देखिए पनि २०१६ को भन्दा यो नाजुक अवस्था हो। २०१६ मा सूचीकृत ११८ मुलुक मध्ये नेपाल ७२ औं स्थानमा थियो। यो वर्ष ११७ मुलुक मध्ये नेपाल ७३ औं स्थानमा रहँदा एक स्थान खस्किएको हो।

दक्षिण एसियामा नेपाल श्रीलंकाभन्दामात्र खराब अवस्थामा छ। २००० देखि प्रकाशित हुँदै आएको यो इन्डेक्समा देशको खाद्यन्नमा पहुँच, बालबालिकाको पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरिन्छ।

यसरी हेर्दा नेपाल दक्षिण एसियामा खाद्यन्नमा सम्पन्न मुलुक जस्तो देखिएको छ। पोषणको अवस्था पनि दक्षिण एसियामा नेपाल राम्रो देखिएको छ भने मातृ मृत्यु दर पनि नेपालमा कम रहेको देखाउँछ।

प्रतिवेदनका अनुसार श्रीलंका ६६ औं स्थानमा रहँदा बांगलादेश ८८ औं स्थानमा छ भने पाकिस्तान ९४ औं स्थानमा छ। यस्तै भारत १०२ औं स्थानमा छ। यो सूचीमा भुटान र माल्दिभ्स समावेस छैनन्। अफगानिस्तान १०८ औं स्थानमा छ।