बिहिबार, बैशाख ०६, २०८१

घरायसी विवादको कारण रामेछापमा आफ्नै बुहारीद्धारा सुसुराको हत्या

मन्थली ।  घरायसी विवाद बढदै जादा रामेछापमा बुहारीले सुसुराको हत्या गरेकी छिन् ।

मन्थली नगरपालिका–१२ जिङगलमका ६५ बर्षिय ससुरा डिक बहादुर आछामीलाई आफ्नै बुहारी पार्वती आछामी सार्कीले हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले हिजो घरमा नै मृत अवस्थामा भेटिएको खबर प्राप्त हुन साथ प्रहरी निरीक्षक समेतको टोली परिचालन गरेर हत्यामा संलग्न बुहारीलाई पक्राउ गरिएको बताउनु भयो ।

घटनाको अनुसन्धान गर्ने क्रममा बुहारी पार्वतीले आफूले मारेको स्वीकार गरेको उहाँले जानकारी दिनुभयो ।

हत्यामा संलग्न आछामीलाई कर्तव्य ज्यान कसुर मुद्दामा थप अनुसन्धान गर्नको लागि जिल्ला अदालत रामेछापबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख भट्टराईले बताउनुभयो ।

मृतक आछामीका तीनै भाई छोरा वैदेशिक रोजगारीमा रहेका छन् । सुसुराको हत्या गर्ने बुहारी पार्वती २१ बर्षकी रहेकी छिन् । कानुन अनुसार हत्यामा संलग्न आछामीलाई वीस बर्ष भन्दा बढी जेल सजाय हुनेछ ।