बिहिबार, असार ०४, २०८३

जापानमा ताईफुवाट मृत्यु हुने संख्या ३३ पुग्यो,१९ जना अझै बेपत्ता

टोकियो । जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म ३३ जनाको मृत्यु भएको छ ।

ताईफु र बाडीमा परि अझै १९ जना बेपत्ता र  १०० जना भन्दा बढी घाइते भएका छन् ।

ताइफुसँगै आएको वर्षाले गर्दा नदिहरुमा पानीको बहाव बढेसँगै शनिवार टोकियो महानगर क्षेत्र लगायत जापानका कयौं स्थानमा आवासीय क्षेत्रहरु डुबानमा परेको समाचार संस्था क्योदोले अनुसार जापानटुडेले समाचार प्रकाशन गरेको छ ।

बाढी र पहिरोको चपेटामा परेका मध्य, पूर्वी र उत्तरपश्चिम क्षेत्रमा उद्धार कार्य भइरहेको जनाएको छ ।

चिकुमा नदीको किनारको बाँध भत्किदा मध्य जापानको शहर नागानो सबै भन्दा धेरै प्रभावित भएको छ ।

महानगर र आसपासका क्षेत्रमा शनिवार मध्याहन्न देखि आइतबार बिहानसम्म अधिकांश विमानस्थल बन्द गरिएका थिए ।

भु पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयका अनुसार नौं प्रिफेक्चरमा कम्तिमा पनि ३३ ओटा पहिरो र भुस्खलन भएको जनाएको छ ।