टोकियो । टोकियोस्थित नेपाली राजदूतावासका अनुसार जापानमा आएको शक्तिशाली आँधीबाट नेपालीहरु सुरक्षित रहेका बताएको छ ।
टोकियोस्थित नेपाली राजदूतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालका अनुसार जापानको समयअनुसार शनिबार राति १२ बजेसम्म सबै नेपालीहरु सुरक्षित रहेको जानकारी आएको बताउनु भयो । हामी नेपाली समुदायसँग सम्पर्कमै छौं उप-नियोग प्रमुख अर्यालले भन्नुभयो ‘यहाँको राति १२ बजेसम्म कुनै पनि नेपालीमा हातहत भएको छैन आँधी प्रभावित क्षेत्रमा विशेषगरि टोक्योको आसाकुसास्थित कोतोकु नदि किनारा छेउमा बसोबास गर्ने केहि नेपालीहरुलाई सुरक्षित स्थानमा सारिएको बताउनु भयो ।
जापानमा अहिलेसम्मकै ठुलो आउने भनेर पूर्व सूचना आउदा पनि दुतावास मौन रहेको आरोप छ नि भन्ने प्रश्नमा उप-नियोय प्रमुख अर्यायले भन्नु भयो हामी नेपालीसंगै सम्पर्कमा छौं अहिलेसम्म कुनै क्षति नभएको बताउनु भयो ।
करिब ९० हजार नेपाली रहेको जापानमा दूतावासले नेपाली भाषामा कुनै सूचना नदिएको भन्दै सामाजिक संजालमा नेपालीहरुले आलोचना गरेका थिए । त्यस्तै नेपाल पत्रकार महासंघ जापानले पनि सूचना दिन र सुरक्षित रहन एक् सूचना प्रकाशन गरि आग्रह गरेको थियो ।
सन् १९५८ यताकै सबैभन्दा ठूलो भनिएको हगिबिस नामको ताईफु आँधीबाट राजधानी टोकियो,नागोया,गुन्मा, सिजुओका,साइतामा,कानागावा लगायतका क्षेत्र प्रभावित भएको छ ।
ताईफुको असरका कारण रेल,वस हवाई,पसलहरु सबैजसो बन्द भएको थियो भने चिबामा एक जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेको थियो ।

