रामेछाप । दशैंको टिका लगाएर घर फर्कने क्रममा रामेछापमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
मन्थली नगरपालिका–५ स्थायी घर भएर हाल मन्थली नगरपालिका–१ खाँदवारीमा बस्दै आएका हेम बहादुर पहरीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले बताउनुभयो
हिजो बेलुकी साँझ छ बजे टिका लगाएर घर फर्कने क्रममा मन्थली नगरपालिका वडा नम्बर ५ स्थित हुचिले भिरबाट लडेर पहरीको मृत्यु भएको थियो ।
बाटोबाट करिब २ सय मिटर तल पुगेको अवस्थामा आज बिहान मलामी हिडेका स्थानीयले मोबाइलको घन्टी बजेपछि उनको शव भीरमा फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रवक्ता पौडेलका अनुसार प्रारम्भिव अनुसन्धानबाट लडेरै मृत्यु भएको अनुमान गरिएको बताउनुभयो ।

