काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेकाे सख्या ११ पुगेकाे छ।
इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस शुक्रबार विहान करिव ९ बजे बस सिन्धुपाल्चोकको भीमटारमा दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे प्रहरीले जनाएकाे छ।
बस दुर्घटना हुँदा पाँच जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने अन्य ६ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ।

