टोकियो । गैरआवासीय नेपाली संघको आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको अधिवेशनको लागि जापानले प्रतिनिधिको छनौट विवादमा परेको छ ।
चुनावी सरगमी बढ़ेको वेला एनआरएनए जापानले १ सय ६६ जना प्रतिनिधिहरुको छनौट गरेको हो ।
यो छनौट,दोस्रो पटकको हो । यस अघिनै कार्यसमितिका केहि पदाधिकारिहरुले आधिकारिकताको हवला दिँदै १ सय जना प्रतिनिधिहरुको नाम सार्वजनिक गरेका थिए ।
अहिले दोस्रो पटक अध्यक्ष ,महासचिव लगायतका पदाधिकारीहरुले १ सय ६६ जना प्रतिनिधिहरुको नामसूची सार्वजनिक गरेको उपाध्यक्ष्ँ नारायण खढ्काले जानकारी दिनुभयो । १६६ जना छनौटमा परेका प्रतिनिधिहरुको नाम एनआरएनए जापानको होमपेज तथा फेसबुक पेजमा राखेका छन् ।
नवौँ विश्व अधिवेशनको चुनावी सरगमी बढ्दै गर्दा एनआरएनए जापानमा भने प्रतिनिधि छनौट नै विवाद परृको छ ।
कार्यसमिति भित्र रहेका पदाधिकारिहरुमा एक मत हुन नसक्दा २९२ पटक फरक फरक नाम सुचीहरु सार्वजनिक भएका छन् ।
एनआरएनए जापानले प्रतिनिधिको नामावली प्रकाशन गैरआवासीय नेपाली संघको बिधान सम्मत महाधिवेशन प्रतिनिधिहरुको छनौट गरिएको भनिएको छ ।
यसलाई विधानसम्म छनौट गरिएको भनिएता पनि, संघकी वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अनिता गरुङद्वारा आईसिसि अध्यक्ष तथा महासचिव बोधार्थ गरि लेटरहेडमा एक पत्रकाटी, यसअघि प्रकाशन भएको नाम नै संस्थागत निर्णय भएको र वर्तमान कार्यसमितिका अध्यक्ष लगायत केहि पदाधिकारीहरुका कार्यशैलीका कारण संस्था बदनाम हुन लागेको व्यहोरा उल्लेख गरिएको छ । यद्यपी यस पत्रमा हस्ताक्षर गरिएको भनिएका केहि पदाधिकारीहरुले आफुले हस्ताक्षर नगरेको र यस पत्रमा उल्लेख भएको व्यहोरामा सहमती नरहेको बताएका छन् ।

