शनिबार, बैशाख १२, २०८३

एनआरएनए सम्मेलनको लागि जापानवाट १ सय ६६ जना प्रतिनिधि छनौट

जापान ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको अधिवेशनको लागि जापानले प्रतिनिधिहरुको छनौट गरेको छ ।

चुनावी सरगमी बढ़ेको वेला एनआरएनए जापानले १ सय ६६ जना प्रतिनिधिहरुको छनौट गरेको हो  ।

निर्वाचन नजिकदै गर्दा एनआरएनएको नवौँ विश्व सम्मेलनमा प्रवासमा रहेको नेपालीहरूको साँझा र गौरवशाली संगठनको रूपमा विकास भैरहेको एनआरएनएमा नेतृत्वको लागी उम्मेदवारी घोषणा गर्न प्रतिस्पर्धा नै सुरु भैसकेको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी २०१९-१०र१५ देखी १७ सम्म आयोजना हुने नवौं अन्तराष्ट्रीय सम्मेलन तथा केन्द्रीय महाधिवेशनमा सहभागी हुनका लागि गैरआवासीय नेपाली संघको बिधान २०१७ को दफा ५ को उपदफा ५.१ अनुसार महाधिबेशन प्रतिनिधिहरुको छनौट निम्ना अनुसार रहेको एनआरएनए जापानले जानकारी गराएको छ ।

साथै प्रतिनिधिको नामावली प्रकाशनमा ढिलाई हुन गएकोमा एनआरएनए जापानले क्षमा मागेको छ  ।