शनिबार, बैशाख १२, २०८३

पौडेलको उपचारको लागि जापानवाट २ लाख ४२ हजार रकम नेपाल पठाईयो

जापान,विश्वास आचार्य । वरेङ गाउपालिका ३ वाटाकाचौर निवासी दुवै मृगौला पिडित विष्णु प्रसाद पौडेलको लागी जापानवाट  २,४२,०१० अक्षरुपी दुई लाख बयालिस हजार दश रुपैया संकलन गरेर नेपाल पठाएके छ ।

अभियान्ता गोविन्द क्षेत्रीले समाजसेवी केशर गिरीको हातमा हस्तान्तरण गरी नेपाल पठाइएको हो ।

पौडेल विगत १२ बर्षदेखि जीवन र मृत्युसंग लड्दै आइरहनु भएको छ । उपचारको समय लामो भएकोले पौडेलको अर्थिक अवस्था कम्जोर बन्दै गएकोले उहाँलाई थप उपचारको लागि आर्थिक सहयोग गरिदिनुहुन परिवार बाट अनुरोध भएको हुँदा सामाजिक सेवामा लागि पर्नु भएका गोविन्द क्षेत्रीले सहयोग संकलन चलायको बताउनु भयो ।

पौडेलको उपचारको लागि सहयोग रकम संकलन अभियान  चलाएका अभियन्ता गोविन्द क्षेत्री नेपालमा रहदा शिक्षक पेशामा रही बिभिन्न एफएम रेडियोमा सूचना समाचारको रिपोटिङको काम गर्दै हाल जापानमा कामको शिलसिलामा कुक पेशा रही यस्ता धेरै सामाजिक अभियानमा क्षेत्रीले सहयोग गर्ने सम्पुर्ण सहयोगीदातालाई धन्यावाद दिनु हुदै निरन्तर रुपमा आफु सामाजिक कार्यमा नै लागीरहने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो ।