शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए चुनावी सरगर्मी : अध्यक्षमा पन्तसहित महासचिवमा छेत्री र कोषाध्यक्षमा थापाको सम्भावना

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको अधिवेशनको चुनावी सरगमी बढ़ेको छ ।

निर्वाचन नजिकदै गर्दा एनआरएनएको नवौँ विश्व सम्मेलनमा अध्यक्षमा कुमार पन्तको सम्भावना बढ़ेको छ ।

प्रवासीमा रहेको नेपालीहरूको साँझा र गौरवशाली संगठनको रूपमा विकास भैरहेको एनआरएनएमा नेतृत्वको लागी उम्मेदवारी घोषणा गर्न प्रतिस्पर्धा नै सुरु भैसकेको छ ।

यस्तै शिलाशिलामा अध्यक्षमा पन्तको सहमतिको सम्भावना बढ़ेको खुल्न आएको छ । पन्तले एक टेलिभिजन कार्यक्रममा कुराकानीको क्रममा राजनीतिकदेखी संस्थागत सहमतिको सम्भावना बढ़ेको बताएका थिए ।

समाजसेवी,सफल ब्यवसायी एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष पन्तको सम्भावनासँगै महासचिवमा डीवी क्ष्रेत्री र कोषाध्यक्षमा सुदन थापाको सम्भावना बढ़ेको एनआरएनएका एक अभियंताले मातृसन्देश डट कमलाई बताउनु भयो ।

खाडीको अपमानजन्य भ्रमहरु तोड्न  महासचिवमा मेरो उम्मेद्धारी : क्षेत्री

ओमनवाट डिवी क्षेत्रीका अनुसार खाडीका मजदुरको समस्या  नजिकबाट देखेको छु, भोगेको छु । त्यसैले महासचिवमा आफ्नो उम्मेदवारी दिएको बबताउनु भयो ।

आगामी कार्यकाल २०१९ ०२१ को लागि मध्य पुर्वबाट महासचिवलगायतका उच्च पदहरुमा उम्मेदवारी घोषणा शुरु भएको छ । बर्तमान सचिव पदमा सफलतासाथ कार्यकाल सम्पन्न गर्न लागेका क्षेत्रीले महासचिवमा उम्मेदावारी घोषणा गरिसकेका छन् ।

मध्यपूर्बका नेपालीहरु नेतृत्वदायी पदमा पुगेर एनआरएन अभियानलाई नेतृत्व दिन सक्छन् भन्ने विश्वलाई बताउन आवश्यक रहेको भन्दै क्षेत्रीले खाडीमा लेबर मात्र हुन्छन, नेतृत्व गर्ने क्षमता राख्दैनन भन्ने खालको अपमानजन्य भ्रमहरु तोड्न आवश्यक रहेको बताए ।

स्वदेशमा लगानी बढाउन कोषाध्यक्षमा मेरो दावी : थापा

एनआरएनए जापानको पूर्व अध्यक्ष सुदन थापाले आफुँले आर्थिक पारदशीता र स्वदेशमा पुजी भित्रयाउन कोषाध्यक्षमा उम्मेद्धारी दिएको बताउनु भएको छ ।

हाल एनआरएनए आईसीसी युवा संयोजक थापाको कोषाध्यक्षमा सम्भावना बढ़ेको एनआरएनएका अभियान्ताहरुले बताउन थालेका छन् ।

युवा संयोजक थापा जापानको एनआरएनए सदस्य,उपाध्यक्ष हुँदै अध्यक्ष र आइसीसी युवा संयोजक सम्मको अनुभव बटुल्नु भएको छ ।