शनिबार, बैशाख १२, २०८३

एनआरएनए आईसीसी महिला फोरमको संयोजकमा जुनु गुरुङको उम्मेदवारी

काठमाडौँ ।  गैरआवासीय नेपाली संघको आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन गइरहेको नवौ विश्व सम्मेलनले त सबैको ध्यान तानेको छ ।

एनआरएनए मार्फत विश्वभर रहेका नेपाली महिलाहरुको नेतृत्व गर्न धेरै महिलाहरुले आकांक्षा देखाएका छन् । त्यसमध्ये एक सक्षम र सफल नेतृ हुन् दक्षिण कोरियामा कर्मथलो बनाइररहेकी जुनु गुरुङ । एनआरएनए आइसिसी महिला फोरम संयोजकमा उनले उम्मेदवारी घोषणा गरिसकेकी छिन् ।

एसिया प्याशिफिक महिला फोरम संयोजक गुरुङ, दक्षिण कोरियामा मात्र नभएर नेपाल तथा बिभिन्न देशहरूमा समेत नेपालीहरुको हक हितको लागि निरन्तर खट्ने सक्रिय र जुजारु समाजसेवीको रूपमा चिनिन्छिन् । नेपालीहरुको कुनै पनि समस्या देख्ने र सुन्ने बितिकै सेवाको लागि पुगिहाल्ने गुरुङले बिशेष समाजसेवा गरे बापत दक्षिण कोरिया सरकार द्वारा प्रदान गरिने मानार्थ सिटिजनसीप(मानार्थ नागरिक)को उच्च सम्मान पाएकी छिन् । यस्तो सम्मानले पुरस्कृत हुने उनी पहिलो नेपाली महिला पनि हुन् ।

महिलाहरूको साझा संस्था वमन फर वमनको सस्थापक अध्यक्षमा पनि सफल कार्यकाल सम्पन्न गरिसकेकी गुरुङ आदिवासी जनजाति लगायत दर्जनौं सामाजिक संघ सस्थाहरूमा समेत क्रियाशील छिन् ।

एनआरएनए एसिया प्याशिफिक महिला फोरम संयोजक भएपछि सक्रिय भएर काम गरेकी गुरुङले धेरै काम गरेकी छिन् । उनी भन्छिन्–‘एनआरएनए एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गरीसकेका छौँ, साथै हङकङ र म्यानमारमा एशिया प्यासिफिक क्षेत्रका महिला कार्यक्रम भब्यताका साथ सम्पन्न भइसकेको छ । म हिजो कुनै पदमै नहुदाँ पनि बिश्व भरि रहनुभएका आदरणीय श्रमिक, ब्यबसायी, बिद्यार्थी एंव बिभिन्न किसिमले बिश्व भरि रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्याहरूलाई समाधान गर्नका निम्ति सक्रिय थिए, आज पनि छु र भोलि पनि रहनेछु ।’

एनआरएनएको नवौ विश्व सम्मेलनमार्फत आइसिसीमा महिला फोरम संयोजकको उम्मेदवारी किन भन्ने प्रश्नमा उनी भन्छिन्–‘म महिला दिदी बहिनीहरुको समस्या सँग धेरै नजिकबाट परिचित छु, वैदेशिक रोजगारीको सिलसिलामा होस् या अरू कुनै रूपमा खाडी मुलुकदेखि बिश्वभरि रहनुभएका नेपाली दिदीबहिनीहरू घरेलु हिङ्साको सिकार हुनुपरेको छ, बलात्कृत हुनुपरेको छ र अन्त्यमा कुनै उपाय नलागेर आत्महत्या समेत गर्नु परेको छ र म यी सम्पुर्ण समस्याहरू समाधानको माध्यम बन्न चाहन्छु,ति सम्पुर्ण पिडित दिदीबहिनीहरुको आवाज बन्न चाहन्छु तसर्थ मेरो उम्मेदवारी सम्पुर्ण महिलाहरूको हकहितको आवाज सशक्त रुपमा उठाउनका लागि, महिलाहरूको आर्थिक तथा ब्याबसायिक जिवन बलियो बनाउनको लागी एंव महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितताको लागि रहेको छ ।

६ बुँदे एजेण्डासहित आफ्नो उम्मेदवारी घोषणा गरेकी गुरुङले सवैले एक पटक एनआरएन मार्फत सेवा गर्ने आकाक्षा व्यक्त गरेकी छिन् ।