शुक्रबार, बैशाख १४, २०८१

भारतले पठायो पेट्रोलियम पदार्थको बढेको मूल्य, नेपालमा के असर पर्ला ?

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल निगम (आइओसी)बाट बढेको मूल्य सूची प्राप्त भए पनि तत्काल मूल्य नबढाउने बताएको छ ।

निगमले शुक्रबार विज्ञप्ति जारी दसैँलगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको निगमले जनाएको छ । अक्टोबर १ तारिखमा आइओसीबाट निगमले प्राप्त गरेको नयाँ मूल्यसूची प्राप्त गरेको थियो । त्यसमा सबै खाले इन्धनको मूल्य बढेको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ६ पैसा, डिजेलमा ३ रुपैयाँ ६३ पैसा, मट्टितेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा तथा एलपी ग्यासमा १५ रुपैयाँ ९८ पैसाले मूल्य बढेको निगमले जनाएको छ ।