शनिबार, बैशाख १२, २०८३

दशैँको लहर आयो : प्रिय सानी

प्यारी सानी, प्रिय सानी
चारैतिर हरियाली छायो
दशैको लहर आयो
भत्केको ऑगन,भत्केको दलान
अब माटोमुछी टाल्नुपर्छ
चारैतिर लिपपोत गर्दै
वरिपरिका खाल्डा पुर्द
फोहोरमैला फाल्नुपर्छ सानी !!
तल तामाकोशी बगेको
पारी गौरीशंकर हॉसेको
मौसम अति राम्रो
मिष्ठान्न भोजन पनि
काक्रो र गोलभेडाको
अब अचार गाल्नुपर्छ सानी !!
बाली लाल्टिन र टुकी
पिस्दै जॉतो कुट्दै ढिकी
यि त एकादेशको कथा भए नै
तर
हामी रमाउदै
डालो नाङ्लो समाउदै
आफ्नै हातले चिउरा चामल
अब चाल्नुपर्छ सानी !!
घॉटीहेरी हाड निल्दै
जे छ त्यसमै रमाउदै
रिसराग फाल्दै
देखासेकि कुसंस्कारको
अब जरो फाल्नुपर्छ सानी !!
हत्या हिंसा बढ्दैगए
पर्वका नाममा बिकृति भित्रिए
काटमार हत्या र हिंसा
रोक्दै रोकाउदै
शाकाहारी तिर दशैपर्व ढाल्नुपर्छ सानी !!
समाज बिग्रियो टोलटोल फुटे
आफ्नाले आफ्नैलाई कुटे
के के भयो भयो
नसोचेकै भयो भद्रगोलनै भयो
अब सानी
मेलमिलाप र भाइचाराको
दियो बाल्न
हाम्रो बारीमा लिगेंपिंग हाल्नुपर्छ सानी~~~~विपि बुढाथोकी,जापान ✍️