शनिबार, बैशाख १२, २०८३

एनआरएनए एसिया प्यासिफिक सह-संयोजकमा विनोद कुँवरको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको एसिया प्यासिफिक सह-संयोजकमा विनोद कुँवर उम्मेदवारी दिने भएकाे छन् ।

एनआरएनए एसिया प्यासिफिककाे हाल सह- संयाेजक रहेका विनोद कुँवर पुन: उम्मेदवारी लिन लागेका छन् । कोरियमा हाेटल, रेमिट्यान्स लगाएतका ब्याबसाय गर्दै आएका कुवंरले नेपालमा हाईडाेपावर, दाना फ्याक्ट्री, ब्यावसाय गर्दै आएका छन् । पछिल्लाे समय काेरियाली लगानी मित्र्याउन कुवंर महत्वपुर्ण भुमिका निवार्ह गर्दै आएका छन् ।