शुक्रबार, चैत १६, २०८०

सभामुख पद रिक्त : नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने

संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ ।

संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको बताएकी छन् । अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको छ ।

नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ । नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था नगरिँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उपसभामुखले राजनीतिक दलसँगको छलफलबाट टुंगो लगाउने तयारी गरेकी छन् ।

राजीनामा दिएको अवस्थामा पुनः निर्वाचन गर्ने विषयमा कुनै व्यवस्था नभए पनि नयाँ आमनिर्वाचनपछिको अवस्थामा भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वा्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।