शनिबार, बैशाख १२, २०८३

आज विश्व अहिंसा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आज विश्वभर अहिंसा दिवस मनाइंँदैछ । विश्व अनि मानव इतिहास हिंसा र द्वन्द्वका कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ ।

आज विश्वले मनाउने अहिंसा दिवस ‘विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणका लागि हिंसाको मार्ग अवलम्बन नगर्ने’ भन्ने सिद्धान्तमा आधारित छ । नेपालमा पनि विभिन्न समयमा आन्दोलन र जनचासोका कुरामा धेरै जना शहिद भएका र हिंसा भएको उदाहरण र प्रमाणहरु छन् ।

आजभोलि विश्वमा अनेक स्वरूपका हिंसाका घटनाहरु बढदै गएको छ । एकातर्फ हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गरिने गीरोहहरु संसारका हरेक कुनाहरुमा संलग्न छन् भने अर्कोतर्फ हिंसाका विरुद्ध बोल्न, लेख्न अनि अभिव्यक्त गर्न सक्ने आवाजहरुको कमीले हिंसाहरु बढिरहेको बताइन्छ ।

संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसालाई रोक्नको लागि यो दिवस मनाउन थालिएको हो ।