काठमाडौं । सभाुमख कृष्णबहादुर महराले राजीनामा दिएसँगै अब सभामुखको पद के हुन्छ ? भन्नेबारेमा बहस सुरु भएको छ ।
महराले अनुसन्धानसम्मका लागि भन्दै शर्तसहित राजीनामा दिएपछि संविधानविदहरुले राजीनामामा सर्त स्वीकार्य नहुने बताएका छन् ।
संविधानविद डा. विपिन अधिकारीले राजीनामा अस्थायी र अन्तरिमकालका लागि भन्ने नहुने र राजीनामा दिएपछि पदबाट मुक्त भइने बताउनुभयो ।
महराले पदबाट राजीनामा दिइसकेकाले आरोप प्रमाणित नभएपनि उहाँ पुनः सभामुखका रुपमा सोही अवस्थामा फर्किन सक्ने अवस्था नरहेको डा. अधिकारीको भनाइ छ ।
नेकपाले भने यस विषयमा औपचारिक छलफल तथा निर्णय भइनसकेको जनाएको छ । प्रहरीको अनुन्धान पछि मात्रै आधिकारिक धारणा राख्न सकिने भन्दै नेकपाका नेता झलनाथ खनालले सचिवालय बैठकमा नयाँ सभामुखको विषयमा पनि कुनै छलफल नभएको बताउनुभयो ।

