गायिका भावना आचार्यले फेरि ल्याइन ‘बोल्दैन फोटो’

जापान । भावना आचार्य र डेबिड शंकरको स्वरमा रहेको ‘बोल्दैन फोटो’ गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बग्ने खोला बाट निकै चर्चा बटुलेकी गायिका भावना आचार्यको प्रेम भाव बटुलेर अर्को गित गाएकी हुन।

शिब विकले निर्देशन गरेको गीतको भिडियोमा आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ । भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर छन्

नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड गरिएको छ । भावनाका यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीत चर्चामा रहेका थिए ।

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: