शनिबार, बैशाख १२, २०८३

बसले मोटरसाइललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते

दाङ । घोराहीमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ ५ बजे घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक घोराही–१५ निवासी १७ वर्षीय प्रदीप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १६ वर्षीय सन्तोष चौधरी भने गम्भीर घाइते भएको र उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले बताए ।