शुक्रबार, बैशाख ०७, २०८१

मुलुकमा युवा उद्यमी बढेको भन्दै उद्योग मन्त्री मख्ख !

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरु बढ्दै गएकोमा खुसी व्यक्त गरेका छन्।

मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता व्यक्त गरे।

उनले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तर्राष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको जनाए।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका मन्त्री यादवले संचारकर्मीमाझ मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको गएको उल्लेख गर्दै त्यसको विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढन सरकार तयार रहेको बताए। त्यसका लागि सरकारले स्वदेशी बस्तुको उत्पादनलाई जोड दिइरहेको मन्त्री यादवको दावी छ।

मन्त्री यादवले मुलुकमा भइरहेको औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।