शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

लन्डन  गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

हाल संघको उपाध्यक्ष रहेका आचार्यले बेलायतको अल्डरशटस्थित एम्पायर हलमा मंगलबार भएको सभामार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमार्फत आगामी कार्यकाल (२०१९-२०२१) का लागि नयाँ नेतृत्व चयन हुनेछ । विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय, सुझाव लिएपछि संघको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने निर्णय गरेको आचार्यले बताएका छन्। उनले उम्मेदवारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताकासाथ अगाडि बढाउन आफ्नो नेतृत्व आवश्यक भएकाले उम्मेदवारी दिएको बताए।