शनिबार, बैशाख ०८, २०८१

३५ अर्ब दान गर्दा पनि घटेन बिल गेट्सको सम्पत्ति

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्तिमा यो वर्ष १६ अर्ब डलर थपिएको छ ।

यो वर्ष मात्रै ३५ अर्ब डलर परोपकारी कामलाई दान गर्दा पनि उनको सम्पत्तिमा वृद्धि भएको ब्लुमबर्गले जनाएको छ ।

हाल उनको सम्पत्ति १ सय ६ अर्ब डलर छ । यो सम्पत्तिसहित उनी अमेजनका जेफ बेजोसपछि विश्वको दोस्रो धनी व्यक्ति भएका छन् ।

उनको सम्पत्तिको ६० प्रतिशत अर्थात ६० अर्ब डलर सेयर र सूचक कोषमा रहेको छ ।