शनिबार, बैशाख १२, २०८३

यूकेवाट विनय अधिकारीले एनआरएनए आइसिसी सचिव पदमा उम्मेदवारी दिने

वेलायत । गैरआवासीय नेपाली संघ एनआरएनएको अभियानमा सधिmय विनय अधिकारीले आगामी नवौ महाधिवेशनमा एनआरएनए आइसिसी सचिव पदमा उम्मेदवारी दिने भएको हुन ।

आफनो सचिव पदमा बलियो दावेदारी प्रस्तुत गर्दै अधिकारीले एनआरएनएमा अब युवा जमातले नेतृत्व गर्नुपर्ने र नेतृत्व तहमा युवा जमातको पक्कट जमाउन आफूले सचिवमा उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो ।

गैरआवासीय नेपाली अभियानमा बेलायतदेखि शूरु गर्नुभएको अधिकारी एनआरएनए अभियानमा सक्रिय हुन । विशेष गरि एनआरएनएका मुद्दामा सशक्त आवाज बुलन्द गर्न सफल अधिकारी एक सञ्चार उद्यमी समेत हुन

 एपी वान टेलिभिजनको लागि अन्तराष्टिय ब्यूरो रहनु भएको अधिकारीले बेलायतबाट न्यूज ट्वान्टी फो नामक अनलाइन समेत सञ्चालन गर्दै एनआरएनए अभियानमा महत्वपूर्ण योगदान पुरयाउनु भएको छ ।

सचिब पदमा युकेबाट विनय अधिकारी सबै भन्दा बलियो उमेदारको रुपमा हेरिएको छ । युरोपभरि राम्रो संजाल बनएका अधिकारी मिड़लिस्ट,अमेरिका,क्यानाडा ,जापान लगाएत धेरै देश हरुमा सम्बन्ध बलियो भएको बुजिएको छ । जहिले पनि सत्यको आवाज उठाउने अधिकारी कसरि हाम्रो र राम्रो एनआरएन बनाउने अभियानमा अधिकारीको दौड हेर्दा सफलता पाउने कुरामा उनि दुक्क छन ।

बेलायतवाट एनआरएनमा मुद्दामा राम्रो अध्ययन र जानकारी भएको ब्यक्तीत्वको रुपमा चिनिन्छन । एनआरएनको सचिवमा उम्मेदवार दिइरहनु भएको अधिकारीले अबको आफनो प्रमुख एजेन्डा नेपाली नागरिकताको निरन्तार नै भएको बताउनुभयो । अहिले संसदमा विचारधीन रहेको नागरिकता विध्येक कार्यान्वयनमा नआएसम्म साँच्चो अर्थमा गैरआवासीय नेपालीको माग पूरा नहुने अधिकारीको विचार छ ।

एनआरएन नागरिकतासँगै मध्यपूर्व र मलेसियामा नेपाली श्रमिकका विकराल समस्यालाई समाधानतर्फ केन्द्रित हुने अधिकारीले बताउनुभयो ।