टोक्यो । गैरआवासीय नेपाली संघमा सक्रिय रहि विभिन्न जिम्मेवारीमा रहेर सामाजिक योगदान गरिरहनु भएका जर्मनीका पूर्व अन्तराष्ट्रीय संमन्वय परिषदका सदस्य तथा सामाजिक अभियन्ता सन्तोष कुमार भट्टराईले आगामी कार्यकाल २०१९-२०२१ का लागी उम्मेद्वार दिएका छन ।
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रीय संमन्वय परिषदको यूरोप संयोजक पदका लागी आफ्नो उम्मेद्वारीको घोषणा गर्नु भएको छ।
लामों समय देखि संघमा आबद्ध रहि संघको अन्तराष्ट्रीय संमन्वय परिषद सदस्य, नेपाली नागरिकताको निर्न्तरता कार्यदलको सदस्य, लाप्रक पुनर्निर्माण कार्यदलको क्षेत्रीय संयोजक, महाभूकम्पमा संघको तर्फबाट गरिएको राहत बितरण कार्यक्रमको २ जिल्लाको संयोजन, नेपाल पर्यटन बोर्डको जर्मनिको लागी जन सम्पर्क प्रतिनिधी, राष्ट्रिय निर्वाचनहरूमा निर्वाचन आयूक्त तथा एन सि सि निर्वाचनहरूमा पर्यवेक्षक लगायतको भूमिका निर्वाह गरिसकेका भट्टराईको संघ भित्र अग्रज, साथिहरू र बाहिर सबै क्षेत्रमा राम्रो पकड़ रहेको छ।
संस्थागत काम र सामूहिक नेतृत्वलाई पहिलो प्रथमिकतामा राख्ने भट्टराई यूरोप भित्र भएका थुप्रै सवालमा काम गर्नु पर्ने आवश्यकता देखिन्छ भन्दै अउपेयर, आप्रवाशन , ईन्ट्रिगेशन, दोश्रोपूष्ता, पर्यटनको प्रबर्द्धन, संयुक्त लगाानी र लगानिहरूको ब्यवसायिक ब्यवस्थापन जस्ता विषयहरूमा काम गर्ने अठोटका साथ आफ्नो उम्मेद्वारी पेश गरेका छन्।
भविष्यमा हुने यूरोप क्षेत्रीय बैठकहरूमा यि विषयहरूमा विशेष छलफल गरेर काम गर्ने र सबै राष्ट्रीय संमन्वय परिषदहरूलाई पनि कार्यदल वनाएर काम गर्ने ब्यवस्था तयार गर्ने अठोट सहित अघि बढेका भट्टराई धेरै अग्रज तथा एन आर एन अभियन्ताहरूको सकारात्मक सुझाव र ब्यक्त अभिमतको सम्मान गर्दै, संस्थाको गरिमालाई बोध गरेर नै यो यूरोप क्षेत्रीय संयोजकको पदमा आफ्नो उम्मेद्वारी दिएको बताउछन्।

